१ जेष्ठ २०८२, बिहीबार | Fri May 16 2025

एमसीसी पूर्णरूपमा बन्द, नेपालको व्याख्यात्मक टिप्पणी रद्दीको टोकरीमा

११ वैशाख, काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पूर्ण रूपमा बन्द हुने भएको छ । अमेरिकी सरकारले एमसीसी पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।

अमेरिकी सरकार अन्तर्गतको सरकार दक्षता विभाग (डज)ले विदेशी सहायता परियोजना एमसीसी बन्द गर्ने निर्णय लिएको हो । एलन मस्कको नेतृत्वमा रहेको डजले परियोजना बन्द गर्ने निर्णय गर्दै कर्मचारीमा जानकारीका लागि इमेल गरेको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ ।

नेपालमा एक वर्षभन्दा बढी समय एमसीसीको नाममा नेपालीहरू विभाजित बनेर आन्दोलन नै भएको थियो । अन्तिममा तत्कालीन कांग्रेस र माओवादीको संयुक्त सरकारले संसदबाट व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गरेको थियो । जसको नेतृत्व कांग्रेस महामन्त्री गगनकुमार थापाले गर्नुभएको थियो ।

dainiki.com

अमेरिकाको फेलोसिपमा केही समय हावर्ड विश्वविद्यालयमा अध्ययन गर्नुभएको थापा सुरूदेखि नै एमसीसीको प्रखर प्रवक्ता जस्तै भूमिका रहनुभएको थियो । कतिपयले एमसीसीसँगै अमेरिकी सेना नेपाल भित्रिने भनेर चलाएको हल्ला चिर्न उहाँले त्यस्तो भए आफूलाइ चारपाटा मुडेर थानकोट कटाउन चुनौति समेत दिनुभएको थियो ।

नेपालले आन्दोलन र तोडफोडसहित अर्बौ लगानी गरेर सञ्चालन गर्न चाहेको एमसीसी अन्तत अमेरिकी सरकारको एकपक्षीय निर्णयमा कोल्याप्स भएको छ । योसँगै नेपाली संसदमा भएको व्याख्यात्मक टिप्पणी समेत रद्दीको टोकरीमा पुगेको छ ।

यो पनि पढ्नुहोस्, 

प्रधानमन्त्री ओली र अमेरिकी व्यापारी मस्कबीच भर्चुअल संवाद

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार ११:५७