कुलमान घिसिङको प्रशंसा गर्ने उर्जाराज्यमन्त्री कान्छाराम राज्यमन्त्रीबाट बर्खास्त
१० वैशाख, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउन हुँदैन भनेर अडान लिने र निरन्तर कुलमानको प्रशंशा गर्ने उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त हुनुभएको छ । प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई बर्खास्त गर्नुभएको उहाँ स्वयंले जानकारी दिनुभएको छ ।

ठेकेदार मन्त्रीको रूपमा चिनिनुभएको तामाङले मन्त्रालयका सचिवलाई समेत स्पष्टिकरण सोध्नुभएको थियो । उहाँले पछिल्लो समय प्रधानमन्त्रीलाई फिटिक्कै मन नपर्ने गरी सरकारको निर्णयको बिरूद्धमा बोल्दै आउनुभएको थियो । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा निकट भनेर चिनिनुभएको तामाङ देउवा विदेश भ्रमणमा निस्किएको समयमा बर्खास्तमा पर्नुभएको हो ।
प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार १८:१०