२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025

अमेरिकी नागरिकलाई ‘चन्द्रागिरी’ नजान दूतावासको उर्दी, असुरक्षा बढेको निष्कर्ष

८ चैत, काठमाडौँ । अमेरिकी नागरिकलाई ‘चन्द्रागिरी’ नजान दूतावासको उर्दी जारी गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरी पहाडसहित राजधानी उपत्यका आसपासका क्षेत्रमा घुमफिर नगर्न भन्दै ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ ।

स्थानीय समूहबाट असुरक्षा बढेको भन्दै अमेरिकी दूतावासले चन्द्रागिरी हिल्स प्रालिको नाम नै तोकेर चन्द्रागिरी पहाड क्षेत्रमा नजान ‘ट्राभल एडभाइजरी’ जारी गरेको हो । ‘उक्त क्षेत्रमा स्थानीय समूहहरूले धम्की र त्रास फैलाउने काम गरेका छन् ।

त्यसकारण त्यस क्षेत्रमा नजान सुरक्षा अलर्ट जारी गरिएको छ’, दुतावासे भनेको छ, ‘मार्च महिनाभरी उक्त क्षेत्रमा अमेरिकी नागरिक नजानु होला ।’

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १०:५२