२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025

प्रधानमन्त्री ओलीले मोदीसँग गरे टेलिफोन संवाद

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गर्नुभएको छ । जम्मू–कश्मीरमा एक नेपालीसहित कम्तीमा २७ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग टेलिफोन संवाद गर्नुभएको हो ।

प्रधानमन्त्रीले मोदीसँगको छलफलका क्रममा आतंकवादी हमलमा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै यस्ता कार्यविरुद्ध नेपालको ऐक्यबद्धता रहेको बताउनुभयो ।

‘मैले उहाँ (मोदी) सँग कुरा गरें र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरें,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्‍याएँ ।’

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार १६:४४