तीनकुने घटनामा पक्राउ परेका थप ११ जना छुटे हाजिर जमानीमा
१० वैशाख, काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका थप ११ जना हाजिर जमानीमा छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ११ जनालाई मंगलबार हाजिर जमानीमा छाडिएको एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।
योसँगै हाजिरी जमानीमा हिरासतमा छुट्नेको संख्या २१ पुगेको छ । उनीहरूलाई हाजिरी जमानीमा हिरासतमुक्त गरिए पनि अनुसन्धान भने अघि बढ्ने एसपी बोहराले बताउनुभयो ।
प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार १५:१९