एनएमबी बैंकका सीईओ घिमिरेले सम्हाले जिम्मेवारी
१० वैशाख, काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले पदभार ग्रहण गर्नुभएको छ । हिजो मंगलबारदेखि सीईओबाट सुनिल केसी बिदा भएसँगै घिमिरेले आजदेखि जिम्मेवारी सम्हाल्नुभएको हो ।
बैंकको गत फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई वैशाख १० गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । बैंकका तत्कालिन सीईओ सुनिल केसीको कार्यकाल वैशाख ९ गते समाप्त भएसँगै घिमिरेले सीईओ पदको जिम्मेवारी सम्हाल्नुभएको हो । घिमिरेको कार्यकाल ४ वर्षको हुनेछ ।
प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार १३:५५