२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो ताेलाकाे ?

१० वैशाख, काठमाडौं । दुइ लाख नजिक पुगेको सुनको मूल्यमा आज भारी अंकको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ५ सयले घटेर प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन सुन तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९७ हजार ९ सय पुगेको थियो । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार १०:५३