२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

छुट्ला है ! दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१० वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज वैशाख १० गते बुधबार अन्तिम दिन रहेको छ । स्वाभिमान लघुवित्त र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज  अन्तिम दिन रहेको हो ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका यी कम्पनीहरुलेवैशाख ११ गते बुक क्लोज गदैछन् । यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षका लागि ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.२३६२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

यस्तै, स्वरोजगार लघुवित्तले गत आवका लागि १३.५० प्रतिशत बोनस सेयर र ०.७१०५२६३१७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार ०९:२८