सुनको मूल्य २ लाख नजिक, एकैदिन तोलामा ६ हजार ९ सयले वृद्धि
९ वैशाख, काठमाडौं। सुनको मूल्य २ लाख नजिक पुगेको छ । अघिल्लो दिनको रेकर्ड तोड्दै यस दिन सुनको मूल्यले नयाँ उचाई हासिल गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबारको दिन सोमबार सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य यस दिन तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलवार १०:५१












