सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो ताेलाकाे ?
८ वैशाख, काठमाडौं। सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९१ हजार कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि गत वैशाख ४ गते सुनको मूल्य हालसम्मकै उच्च कायम थियो । उक्त दिन सुनको मूल्य ३६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ९० हजार ६ सय पुगेको थियो ।
अघिल्लो कारोबारको दिन आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय कायम भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहदै आइतबारकै मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार ११:०६












