२८ बैशाख २०८२, आईतवार | Mon May 12 2025

गोर्खाज फाइनान्सकाे वितरणयोग्य मुनाफा ५५ करोड १६ लाख ऋणात्मक

७ वैशाख, काठमाडाैं । गोर्खाज फाइनान्स लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म फाइनान्स ६ करोड २१ लाख रुपैयाँ घाटामा रहेकाे छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

याे अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १२.९१ प्रतिशतले घटेर २० करोड ४७ लाख रुपैयाँमा सीमित रहेकाे छ । अघिल्लो आवको साेही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २३ करोड ५१ लाख रुपैयाँ रहेको  थियाे ।

कम्पनीको खुद सञ्चालन आम्दानी ७ करोड ४९ लाख र सञ्चालन मुनाफा ८ करोड ८५ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको वितरणयोग्य मुनाफा ५५ करोड १६ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीले ९ अर्ब १६ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ भने ५ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)९.५५ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १४८.०१ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १६:२१