१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

आज ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

७ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ बराबरकाे तरलता खिच्न लागेको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो ।

निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकमा पैसा राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन् । इच्छुकले  घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ । यसको साँवा तथा ब्याज भुक्तानी भने २८ वैशाखमा हुनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १३:१४