प्रभु बैंकको नाफा ३.५१ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?
७ वैशाख, काठमाडौं। प्रभु बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३.५१ प्रतिशतले बढी हो ।
समीक्षा अवधिसम्ममा बैंकले ७ अर्ब ८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको ८ अर्ब ४३ करोड रुपैयाँको तुलनामा १६.०४ प्रतिशतले कम हो । समिक्षा अवधिमा बैंकको विरणयोग्य नाफा ३ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
२३ अर्ब ५४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ३ अर्ब ३९ लाख रुपैयाँले ऋणात्मक छ । समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी १०.६३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७.२९ रुपैयाँ छ ।
प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १०:४०












