२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

कुमारी बैंकको १ लाख ९२ हजार कित्ता सेयर बिक्रीमा

५ वैशाख, काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ९२ हजार ६४१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

इन्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

साथै, तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा संस्थापक  भन्दा बाहिर सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार ११:१३