१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

प्रभु बैंकका ग्राहकहरुले गोरखा गार्डन होटलमा १५ प्रतिशत छुट पाउने

३ वैशाख, काठमाडौं । प्रभु बैंकका ग्राहकहरुले गोरखा गार्डन होटलमा छुट पाउने भएका छन् ।प्रभु बैंक र गोरखा गार्डन होटल बीच व्यवसायिक साझेदारीको लागि आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

गोरखा नगरपालिका वडा नं.–६ अर्घलेमा रहेको होटल र प्रभु बैंक बिच बैशाख २ गते एक समारोहमा गोरखा गार्डन होटल प्रा.लि. का तर्फबाट अध्यक्ष सुरेन्द्र कुवर र प्रभु बैंकको तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएकाे छ ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड-क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा.लि. मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य भएको अध्यक्ष सुरेन्द्र कुवरले बताउनुभयाे ।

प्रभु बैंक तथा गोरखा गार्डन होटल प्रा.लि. विच भएको यो साझेदारीले गोरखाको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुने होटलले विश्वास लिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १२:१५