१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

सुनको मूल्यले पुनः बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

३ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुनको मूल्य तोलामा २७ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि गत चैत ३१ गते सुनको मूल्य हालसम्मकै उच्च कायम थियो । सो दिन सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो। अघिल्लो दिन अर्थात मंगलबार छापावाल सुन १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी तोलाको १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १०:५८