१४ बैशाख २०८२, आईतवार | Mon Apr 28 2025

समृद्धि फाइनान्सका नवनियुक्त सीईओ घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

२ वैशाख, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कुमार घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सीईओ घिमिरेले संस्थाको सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराई समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी आफ्नो जिम्मेवारी सम्हाल्नुभएको हो ।

कम्पनीका तत्कालीन सीईओ टीका निधि लोहनीले राजीनामा दिएपछि कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई वैशाख १ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो।

यस अघि घिमिरे गोर्खाज फाइनान्सको सीईओको जिम्मेवारीमा रहनुभएको थियो । लामो समयको बैंकिङ अनुभव तथा नेतृत्व क्षमताका आधारमा घिमिरेलाई सीईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १४:३०