२९ माघ २०८२, बिहीबार | Fri Feb 13 2026

नयाँ वर्षसँगै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

२ वैशाख, काठमाडौं । नयाँ बर्ष २०८२ सालको पहिलो कारोबारको दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत बिहीबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको थियो। आइतबार एक हजार रूपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। आइतबार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार ११:१७