सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ४२ हजार कित्ता सेयर बिक्रीमा
२ वैशाख, काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले केही कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ४२ हजार ५१३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आफुले खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी काठमाडौंको बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार ०९:५६