१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा आजदेखि सुरु


८ चैत, काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा आजदेखि सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले अहिले बिहान ८ बजेदेखि परीक्षा सुरु भएको जनाएको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीलेका अनुसार कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको एसइइ परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी रहेका छन । एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन् ।

साधारण धारतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार ०७:५५