सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
३१ चैत, काठमाडौं। सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
सुनको मूल्य पछिल्लो ४ कारोबार दिनदेखि निरन्तर वृद्धि भईरहेको छ । गत शुक्रबार छापावल सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँ कायम थियो । यस दिन चाँदीको मूल्य ५५ रुपैयाँले बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार १०:५९