१४ बैशाख २०८२, आईतवार | Sun Apr 27 2025

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर

३१ चैत, काठमाडौं। ग्लोबल आइएमई बैंकले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ ।

बैंकले वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । चैत महिनाका लागि बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५० प्रतिशत ब्याजदर दिएको थियो ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार ०९:३२