आज पनि सुनको मूल्य ह्वात्तै बढ्यो, कति पुग्यो तोलाको ?
२९ चैत, काठमाडौं । घरेलु बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको मूल्य आज थप नयाँ उचाईमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार ९ रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।
अघिल्लो कारोबारको दिन बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ कायम थियो । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार १०:५७