१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

हकप्रद निष्कासनका लागि सन नेपाल लाइफको बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् भर्न ?

२९ चैत, काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि वैशाख ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा हकप्रद निष्कासन गर्नेछ । कम्पनीले अब १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गर्नेछ । हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम ५ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार ०८:५६