सुनको मूल्यमा भारी वृद्धि, तोलाको १ लाख ८१ हजार नाघ्यो
२८ चैत, काठमाडौं । बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ हजार ७ सय रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन सुन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत शुक्रबार सुन प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँको काारेबार हुँदै रेकर्ड बनेको थियो । त्यस्तै आज चाँदी ६५ रुपैयाँले बढेर अघिल्लो १९०० रुपैयाँमा कारोबार भएको छ ।
प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार १०:४५