२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२७ चैत, काठमाडौं। बुधबार सुनको मूल्य ह्वात्तै  बढेको छ । लगातार ४ दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

मंगलबार भने सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ७३ हजार ४ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार ११:०४