१४ बैशाख २०८२, आईतवार | Sun Apr 27 2025

मेरोमाइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन

२६ चैत, काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फको ४९ प्रतिशत स्वामित्व कायम हुनेगरी सेयर संरचना परिवर्तन गरेको हो ।

हाल कम्पनीको कुल १ करोड ४१ लाख ९० हजार कित्ता सेयर सूचीकृत छ । परिवर्तित पुँजी संरचना पश्चात संस्थापक समूह तर्फ ७२ हजार ३६ लाख ९०० कित्ता अर्थात् ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ६९ लाख ५३ हजार १०० कित्ता अर्थात् ४९ प्रतिशत कायम भएको छ ।सर्वसाधारण समूहमा ११ लाख ९१ हजार ९६० कित्ता सेयर अभिलेख गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार १७:०१