१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

निजी शैक्षिक संस्थाको चर्काे शुल्क रोक्न शिक्षामन्त्रीलाई ज्ञापनपत्र


७ चैत, काडमाण्डौं । काठमाण्डौंको निजी शैक्षिक संस्थाको चर्को शुल्क रोक्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज नेकपा क्रान्तिकारी–माओवादी निकट अनेरास्ववियूले ज्ञापनपत्र बुझाएका छन् ।

मन्त्री पोखरेललाई ३३ बुँदे ज्ञापनपत्र बुझाउँदै क्रान्तिकारीका अध्यक्ष सेवन्तराज भण्डारीले निजी शैक्षिक संस्थाले मनपरी ढंगबाट लिँदै आएको शुल्क तत्काल रोक्नुपर्ने माग गरेका छन् ।

समानता, सर्वसुलभ र वैज्ञानिक शुल्क कायम गर्न, चर्को शुल्क र असान्र्द्भिकता शीर्षकमा लिइने शुल्क नियन्त्रण गर्न पनि माग गरिएको छ ।
मन्त्री पोखरेलले मागबारे आफू सकारात्मक रहेको विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार १९:५१