१४ बैशाख २०८२, आईतवार | Sun Apr 27 2025

मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२६ चैत, काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रूपैँयाले घटेर छापावाल सुन १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको हो ।

सोमबार छापावाल सुन तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार १०:४६