२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२५ चैत, काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । पछिल्ला केही देखिदेखि निरन्तरजसो घट्न थालेको सुनको मूल्यले सोमबार पनि निरन्तरता पाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ। आइतबार तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार १०:३७