३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२४ चैत, काठमाडौं । आइतबार घरेलु बजारमा सुनको मूल्यमा भारी अंकको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार पनि सुनको मूल्य तोलामा ३ हजार ९ सयले घटेर प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि ७० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८ सय रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आईतवार ११:००