२ बैशाख २०८२, मंगलवार | Tue Apr 15 2025

नेपाल लाइफको ५ लाख २३ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

२४ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको कमलादीमा रहेको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयअवधिमा सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आईतवार ०९:४४