२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

भारतीय समकक्षी मोदीसँगको भेट सौहार्दपूर्णः प्रधानमन्त्री ओली

२२ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको उहाँले बताउनुभएको छ । थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भारतका प्रधानमन्त्री मोदीसँग आज भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको उहाँले बताउनुभएको छ ।

“हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौँ”, भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ, “विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ ।”

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार १७:४३