ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२२ चैत, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार स्थानिय बजारमार सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य कायम भएको सुनको भाउ आज भने ह्वात्तै घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउ १२५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार १०:४८