सुन्धारा नजिकैको मिठाई पसलमा आगलागी, नियन्त्रणकाे प्रयास जारी
७ चैत, काठमाडौं । काठमाडौंको सुन्धारा नजिकैको गुलाव मिठाई पसलमा आगलागी भएको छ । महानगरपालिका कार्यालय छेउमा रहेको उक्त पसलमा आगो लागेको हो ।
साँझ ६ः२० देखि शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आइसकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका सहित जुद्ध वारुण यन्त्रका दमकल परिचालन गरिएको छ ।
आगलागिबाट भएको क्षतिको विवरण आउन सकेको छैन ।
प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार १९:१४