विन नेपाल लघुवित्तको स्वतन्त्र सञ्चालकमा सावित्रा आचार्य नियुक्त
२१ चैत, काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सावित्रा आचार्य नियुक्त हुनुभएको छ । चैत २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । उहाँलाई चैत २० गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि नियुक्त गरिएको संस्थाले जनाएको छ ।
प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार ११:१५