आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर बिक्रीमा, कति छ न्यूनतम मूल्य ?
१५ चैत, काठमाडाैं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले केही कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८० हजार कित्ता सेयर बिक्रीमा राखेको हाे ।
बिक्रीमा राखिएकाे सेयरकाे न्यूनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ कायम रहेको छ । साे सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम ८० हजार कित्ताका लागि चैत १८ गतेसम्म आवेदन दिनसक्नेछन् । आवेदन दिनु पर्नेछ ।
इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आवेदन दिनुपर्नेछ । आवेदन दिदा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाउनुका साथै नेपाल बीमा प्राधिकरणबाट तोकिएको ‘फिट एण्ड प्रोपर टेष्टबमोजिमका कागजात अनिवार्य पेश गर्नु पर्ने कम्पनीले जनाएकाे छ ।
प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १०:३१