एक लघुवित्तको १३.७७५ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा, तपाईको आयो त ?
१४ चैत, काठमाडाैं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले बोनस सेयर सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा जम्मा गरेकाे छ । कम्पनीकाे गत पुस ६ गते सम्पन्न १० औं वार्षिक साधारणसभाबाट पारित १३.७७५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेकाे हो ।
गत मंसिर १४ गतेसम्म आफ्नो सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरेकाे कम्पनीले जनाएकाे छ । साथै, उक्त मितिपश्चात अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा भने साे सेयर क्रमशः जम्मा गरिने कम्पनीले जनाएकाे छ ।
प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार ०९:३६