१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो ग्लोबल मनि सप्ताह २०२५

१२ चैत, काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनि विक २०२५ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ ।

यस वर्ष चैत ४ गतेदेखि १० गतेसम्म परेको ग्लोबल मनि विक २०२५ अन्र्तगत माछापुच्छ्रे बैंक लिमिटेडले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल, कलेजसंग समन्वय गरेर विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै अन्तरकृया कार्यक्रमहरुको आयोजना गरि ग्लोबल मनि विक २०२५ मनाएको हो । माछापुच्छ्रे बैंकले आम ग्राहक वर्गलाई लक्षित गर्दे यसअघिपनि विभिन्न समयमा विभिन्न माध्यमहरु मार्फत वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १ सय ६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ वटा एक्सटेन्स काउण्टर समेत गरी जम्मा २ सय ७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २ सय ४ वटा एटीएमहरु मार्फत १६ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार १६:५७