हिमालयन लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
१२ चैत, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ७९ हजार ३२९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ । साथै, तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार १०:३४