२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

सेयर बजारमा उच्च अंकको गिरावट, ६ अर्ब ३२ करोड बढीको कारोबार

१० चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च  अंककोगिरावट आएको छ । यस दिन नेप्से ५३.०४ अकंले घटेर २६१६.२६ बिन्दुमा बन्द भएकाे छ । आज ३१७ कम्पनीको १ करोड २३ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोडको कारोबार भएको छ ।

आज सर्वाधिक गुमाउनेमा फाइनान् र विकास बैंकका लगानीकर्ता रहेका छन् । यसदिन फाइनान्सको २.९९ प्रतिशत र विकास बैंक समूहको २.४२ प्रतिशतले सेयरमूल्य घटेकाे छ । आज हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, यस दिन कुथेली बुखरीका लगानीकर्ताले धेरै कमाएका छन् भने मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले बढी गुमाएका छन् ।

प्रकाशित मिति : 15:28