१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउने कति ?

१० चैत, काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड मिति तय भएको छ । कम्पनीको आईपीओ चैत १२ गते मंगलबार बिहान ९ बजे आफ्नै कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँड हुने बिक्री प्रबन्धक नेपाल प्रभु क्यापिटले जनाएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा १६ गुणा बढी आवेदन परेको छ । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुनेछ । गोलाप्रथाबाट आईपीओ बाँडफाँड गर्दा १ लाख ४७ हजार ६०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ३८ हजार ६३ जनाको भने हात खाली हुनेछ । कम्पनीले फागुन २७ गतेदेखि चैत ३ सतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यसमा १९ लाख ८५ हजार ६६३ जनाले कुल २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार १३:०२