नेपाल आयल निगमले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित हुने
१० चैत, काठमाडौं । नेपाल आयल निगमले साधारण सभा बाेलाएकाे छ । निगमको चैत ४ गते बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव पारित गर्न चैत २९ गते साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष, सिंहदरबार काठमाडौंमा अपरान्ह १ बजे सुरु हुनेछ ।
सभामा त आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित हुने छ । साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतका बिषयमा छलफल हुने छ।
प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार ११:४३