आरआर क्याम्पसमा चैत १६ गते स्ववियु निर्वाचन गर्ने निर्णय
८ चैत, काठमाडौँ । रत्नराज्य क्याम्पसमा आगामी चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने भएको छ । क्याम्पसमा विद्यार्थीले ताला लगाएपछि चैत ५ गते हुन नसकेको स्ववियुको चुनाव चैत १६ गते हुन लागेकाे हाे ।
शुक्रबार बसेको सर्वदलीय बैठकले १६ गते चुनाव गर्ने निर्णय गरेको क्याम्पस प्रमुख पद्यमकुमार अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार १५:५७