१० चैत्र २०८१, आईतवार | Sun Mar 23 2025

नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

८ चैत, काठमाडौं । नेपाल एसबीआई बैंक न्यूरोड शाखाले ‘विश्व वित्तीय सप्ताह २०२५’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार डीएभी कलेज ललितपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उज्जवल भविष्यको लागि आर्थिक ज्ञान र सीपद्वारा आगामी पुस्तालाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाले जनाएको छ ।उक्त कार्यक्रममा स्नातक तह, व्यवस्थापन शंकायमा अध्ययनरत ४५ भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल एसबीआई बैंक न्यूरोड शाखाको शाखा प्रवन्धक तेजबहादुर थापाले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी वीक’को यो तेह्रौँं संस्करण हो । सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ । यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब ६ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको जनाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार १३:३५