प्रि ओपन सेसनमा २.१८ अंकले घट्यो नेप्से
७ चैत, काठमाडाैं । साताको अन्तिम कारोबारकाे दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.१८ अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.१८ अंक घटेर २६७९.९६ विन्दुमा पुगेकाे छ।
बिहीबार प्रि ओपन सेसनमा ३७ लाख २१ हजार २२१ रुपैयाँबराबरको ५ हजार ७४३ कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : 11:02









