जिपको ठक्करबाट युवतीको मृत्यु
७ चैत, दाङ । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा जिपको ठक्करबाट आज एक १६ वर्षीया युवतीको मृत्यु भएको छ ।
घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु१च ४६३६ नंको जिपले पैदल यात्री तुलसीपुरकी सोनिया नेपालीलाई ठक्कर दिएको हो ।
घाइते नेपालीको उपचारका क्रममा राप्ती अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार १६:३६