नेप्सेमा एक कम्पनीको सेयरमूल्य समायोजन
७ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से_ मा नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ९९५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८६५.३० रुपैयाँ कायम भएको छ ।
यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
प्रकाशित मिति : 09:13









