दुर्गेश थापाले दश दिन विद्यार्थीका लागि पढ्ने वातावरण दिने
६ चैत, काठमाडाैँ । गायक दुर्गेश थापाले एसइइ अबधिभर अर्थात १० दिनसम्म कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्नुभएको छ । विद्यार्थीलाई दश दिनसम्म कुनै पनि हिसाबमा प्रभावित नगर्ने प्रण गर्दै उहाँले योबीचमा कुनै कार्यक्रममा सहभागी नहुने बताउनुभएको छ ।
विद्थार्थीहरूलाई परीक्षा सफलताको शुभकामना दिँदै दुर्गेशले बुधबार एक विज्ञप्ति जारी गरी शिक्षा जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति रहेको उल्लेख गर्नुभएको छ । पछिल्लो समय स्टेज पर्फर्मेन्समा एकल बर्चस्व कामय गर्नुभएको दुर्गेशका फ्यान युवा र विद्यार्थी अत्याधिक देखिएका छन ।
प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार १२:२८