१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

अनेरास्ववियु नुवाकोटको अध्यक्षमा अनिश प्याकुरेल

१ चैत, नुवाकोट । नेकपा (एमाले)को जनवर्गीय संगठन अनेरास्ववियु नुवाकोटको अध्यक्षमा अनिश प्याकुरेल चयन हुनुभएको छ । अनेरास्ववियुको १८ औँ जिल्ला अधिवेशनमा भएको सहमति अनुसार उपाध्यक्ष प्याकुरेल स्वतः अध्यक्ष हुनुभएको हो ।

dainiki.com

जिल्ला अधिवेशनको माइन्युटको प्रस्ताव नम्बर ४ को निर्णयमा भनिएको छ, ‘प्रस्ताव नम्बर ४ मा को छलफल गर्दा हालको यो अधिवेशनबाट निर्वाचित कमिटीको अध्यक्ष क फैसल दिनले मिति २०८१ साल चैत १ गतेदेखि कमिटीको उपाध्यक्ष अनिशन प्याकुरेललाइ पदीय जिम्मेवारी हस्तान्तरण गर्ने र अध्यक्ष क अनिश प्याकुरेल रहनेगरी जिम्मेवारी प्रदान गर्ने गराउने भनि प्रतिवद्धता व्यक्र गरियो ।’

यद्यपी वर्तमान कमिटीका अध्यक्ष फैसल दिनले प्रतिवद्धता अनुसार औपचारिक रूपमा पद हस्तान्तरण गर्नुभएको छैन ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार २०:१६